काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटाएका छन् ।
सार्वजनिक विवरणअनुसार २० वाणिज्यमध्ये १८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने २ ले घटाएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक छन् ।
नयाँ ब्याजदरअनुसार एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ भने सबैभन्दा कम कृषि विकास बैंकको ५.५१ प्रतिशत छ ।
माघमा औसत वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ६.००१ प्रतिशत कायम भएको छ । पुसमा औसत ब्याजदर ०.०२९ प्रतिशत निर्धारण गरिएको थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भइरहँदा कर्जा प्रवाह भने हुन सकेको छैन । जसका कारण केही महिनादेखि नै बैंकहरुले कर्जा प्रवाह बढाउन ब्याजदर घटाइरहेका छन् ।
यद्यपि, एकल र निकै न्यून बिन्दुमा ब्याजदर झर्दै गर्दा पनि कर्जा प्रवाह भने बढ्न सकेको छैन । उल्टै ब्याजदर घट्ने क्रम पनि निरन्तर छ ।
कुन बैंककाे ब्याजदर कति ?
नबिल – ५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा – ६.५
माछापुच्छ्रे– ६
हिमालयन – ६.२५
नेपाल एसबिआई – ५.५
एभरेष्ट – ६
एनआईसी एसिया– ६.६
स्ट्यान्डर्ड चार्टर्ड– ६.२५
लक्ष्मी सनराइज – ५.७५
कुमारी – ५.९१
सिद्धार्थ – ६
सानिमा – ६.०५
एनएमबि – ६.६
प्रभु – ६.१
ग्लोबल आइएमई – ५.७५
सिटिजन– ५.६५
प्राइम कमर्सियल – ६.२५
कृषि विकास – ५.५१
नेपाल बैंक – ५.६
राष्ट्रिय वाणिज्य बैंक – ६