फेरि २६ सयको बिन्दुबाट झर्‍यो नेप्से, अबको यात्रा कता ?-Sutra News

फेरि २६ सयको बिन्दुबाट झर्‍यो नेप्से, अबको यात्रा कता ?

सोमबार, २९ पौस २०८१

सोमबार, २९ पौस २०८१

काठमाडौं । लगातार तीन कारोबार दिनको गिरावटपछि साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से) २६ सयको बिन्दुबाट तल ओर्लिएको छ । सोमबार १५.५४ अंकले घट्दै नेप्से २५९४.१३ को बिन्दुमा झरेको हो ।



दोहोरो अंकले परिसूचक घट्दै गर्दा सबैजसो समूहको सूचक राताम्मे बने । सबैभन्दा बढी व्यापारको सूचक १.८९ प्रतिशतले घट्दा सबैभन्दा कम निर्जिवन बिमाको सूचक ०.०२ प्रतिशतले घट्यो ।

सोमबार कारोबारमा आएका १७५ कम्पनीको मूल्य घट्दा जम्मा ६३ को मूल्य बढ्यो भने ५ को मूल्य स्थिर रह्यो ।

आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले घट्दा बाराही हाइड्रोको मूल्यमा भने १० प्रतिशतले नै बृद्धि भयो ।

दोहोरो अंकले नेप्से घट्दै गर्दा कारोबार रकम भने बढेको छ । सोमबार १ करोड ३८ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको रह्यो । जुन केही कारोबार दिनयताकै उच्च हो ।

६ कारोबार दिन लगातार बढ्दै २६५३.२३ को बिन्दुमा उक्लिएको नेप्से गत साताको अन्तिम कारोबार दिन (बिहीबार)देखि नै ओरालोमा छ । बिहीबारयताको तीन कारोबार दिनमा मात्रै नेप्सेमा ५९.०९ अंकको गिरावट आएको छ ।

बिहीबार १८.१४ अंकले घटेको नेप्से आइतबार २५.४१ अंकले घटेको थियो । जसलाई निरन्तरता दिँदै सोमबार १५.५४ अंकले घट्न पुग्यो ।

सोमबार सूचक घट्नु र कारोबार रकम बढ्नुले लगानीकर्ता हतोत्साहित भएको देखाउँछ । यसले लगानीकर्ता बेच्न उद्धत भएको पनि संकेत गरेको छ ।

सोमबारको गिरावटले नेप्सेमा गिरावटको तह कायमै रहन सक्नेसमेत संकेत दिएको छ ।

यद्यपि, बजारका जानकारहरु गिरावटलाई करेक्सनको रुपमा अथ्र्याउने गरेका छन् । तर, उच्च दरको करेक्सनले लगानीकर्तालाई भने हतोत्साहित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट