महालक्ष्मी विकास बैंंकले पारित गर्याे लाभांश वितरणकाे प्रस्ताव-Sutra News

महालक्ष्मी विकास बैंंकले पारित गर्याे लाभांश वितरणकाे प्रस्ताव

सोमबार, २९ पौस २०८१

सोमबार, २९ पौस २०८१

काठमाडाैं । महालक्ष्मी विकास बैंंकले आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।



बैंकको सोमबार सम्पन्न २३औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थसमेत) तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

महालक्ष्मी विकास बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले २०८१ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांशदर ७.०० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट