लगातार पाँच कारोबार दिनको बृद्धिपछि घट्यो सुनको मूल्य-Sutra News

लगातार पाँच कारोबार दिनको बृद्धिपछि घट्यो सुनको मूल्य

मंगलबार, १ माघ २०८१

मंगलबार, १ माघ २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । लगातार पाँच कारोबार दिनको बृद्धिपछि साताको तेस्रो कारोबार दिन (मंगलबार) सुनको मूल्य घटेको हो ।



पछिल्लो पाँच कारोबार दिनका बिचमा सुनको मूल्यमा प्रतितोला ३८ सय रुपैयाँले बृद्धि भएको थियो । तर, मंगलबार प्रतितोला ८ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य घटेसँगै मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ महासंघले जनाएको छ ।

सुनको मूल्य घट्दै गर्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । केही दिनदेखि उकालोमा रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला ४० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६६९ डलर कायम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट