प्रचण्ड भन्छन्– सरकार टिकिराखोस् भन्ने थियो तर, ढल्ने भो-Sutra News

प्रचण्ड भन्छन्– सरकार टिकिराखोस् भन्ने थियो तर, ढल्ने भो

मंगलबार, १ माघ २०८१

मंगलबार, १ माघ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विघटनको संघारमा पुगेको बताएका छन् । मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।



प्रचण्डले माओवादीको चाहना सरकार टिकोस् भन्ने भएपनि सरकार छिट्टै ढल्ने अवस्थामा पुगेको बताएका छन् । “यो सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना थियो, तर, यो अप्राकृतिक भएको हुनाले यो रहने अवस्था देखिएन, अब हामीले बल नै गर्न पर्दैैन, यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन”, उनले भनेका छन् ।

प्रचण्डले मिति तोक्न नमिले पनि सरकारको आयु निकै छोटो भएको बताएका छन् । “मैले मिति तोक्न त मिल्दैन, मिल्ने पनि होइन, हामी गम्भीर रुपले घटना क्रमलाई हेरिरहेका छौं, अहिले जसरी सरकार चलिरहेको छ, त्यसले पनि आयु आफैं छोट्यायो भन्ने मलाई लागेको छ”, उनले भनेका छन् ।

प्रचण्डको बुझाईमा सत्ता साझेदार कांग्रेसभित्र बढेको असन्तुष्टिले सरकारलाई छिट्टै ढाल्ने अवस्था छ । उनका अनुसार कांग्रेसका नेताहरु नै सरकारको विकल्प खोज्न लागिसकेका छन् ।

प्रचण्डले भने झैं एकातिर सरकारको कार्यसम्पादनलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ भने अर्कोतिर पछिल्ला कदमहरुलाई लिएर विवादको अवस्था छ । विशेषगरी संसद अधिवेशन बोलाउन आनाकानी गर्दै एकपछि अर्को अध्यादेश जारी गरिरहँदा कांग्रेसभित्र तिव्र असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट