काठमाडौं । सरकारको प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा दुईतिहाइको सरकार रहे पनि मुलुकको विकास निर्माणको अवस्था गति न मतिको भएको टिप्पणी गरेका छन् ।
माघेसंक्रान्तिका अवसरमा इलाम विकास समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले दुईतिहाइको सरकार देश विकासको बाटोतर्फ नभई विकासको गति उल्टो दिशातर्फ फर्किएको अवस्था रहेको बताएका हुन् ।
मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको आरोप लगाउँदै उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशलाई हरहालतमा सफलतातर्फ अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।