दुईतिहाइको सरकार शक्तिहिन भयो : सांसद सिंह-Sutra News

दुईतिहाइको सरकार शक्तिहिन भयो : सांसद सिंह

मंगलबार, १ माघ २०८१

मंगलबार, १ माघ २०८१

काठमाडौं । संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना दलको गठबन्धन रहेको केपी शर्मा ओली नेतृत्वको सरकार दुईतिहाइको भएता पनि शक्तिहिन रहेको स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । मधेश केन्द्रित दलहरुको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।



सांसद सिंहले गणतन्त्र, समावेशिता र संघीयतामाथि अहिलेको गठबन्धनबाट खतरा रहेको समेत टिप्पणी गरेका छन् ।

उनले भने, ‘सरकार कसरी शक्तिशाली भयो ? उहाँले भन्दैमा पत्याइदिने ? जनताको अधिकार र विकास निर्माणलाई कुनै कुरामा पनि कुण्ठित गर्न पाइँदैन । अहिले कांग्रेस र एमालेमा भागबण्डाको राजनीति चलेको छ । अहिले भूमि आयोग बनाएका छन्, ३७/३७ जिल्ला बाडेका छन् । कुन दिन ७७ जिल्ला छ ३७/३७ बाँडौं भन्नुहोला रे त्यो उहाँहरुको अधिकार छ ?’

उनले सत्ताको नाममा विकृत्ति र विसंगत ढंगले चलिरहेको टिप्पणी गरे । उनले कुनै पनि राजनीतिक संयन्त्रलाई सरकारले नचिन्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट