सिंहदरबारमा विपक्षी दलहरूकाे बैठक, के छन् एजेन्डा ?-Sutra News

सिंहदरबारमा विपक्षी दलहरूकाे बैठक, के छन् एजेन्डा ?

बुधबार, २ माघ २०८१

बुधबार, २ माघ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।



बैठकमा माओवादी केन्द्रको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र नेता बेदुराम भुसाल सहभागि छन् भने रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नेसपा अध्यक्ष महेन्द्र राय यादवलगायत सहभागी छन् ।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

विशेषगरी एकपछि अर्को गरी सरकारले अध्यादेश जारी गरेको सन्दर्भमा विपक्षी दलहरु विरोधमा छन् । सँगै, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको त्रास पनि विपक्षी दलहरुमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट