फेरि बढ्यो सुन–चाँदीको भाउ-Sutra News

फेरि बढ्यो सुन–चाँदीको भाउ

बुधबार, २ माघ २०८१

बुधबार, २ माघ २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ८ सय रूपैयाँले घटेको सुनको भाउ बुधबार प्रतितोला ४ सय रूपैयाँले बढेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार प्रतितोला १ लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे भाउ बढ्दै गर्दा बुधबार चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार मंगलबारकाे तुलनामा आज प्रतितोला १० रूपैयाँ बढेको हो।

मूल्य बढेसँगै आज स्थानीय बजारमा चाँदीकाे मूल्य प्रतितोला १ हजार ८ सय ३० रूपैयाँ कायम भएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनकाे मूल्य प्रतिऔंस २६ सय ७६ अमेरिकी डलरमा किनबेच भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट