गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा खाँड-Sutra News

गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा खाँड

बुधबार, २ माघ २०८१

बुधबार, २ माघ २०८१

काठमाडाैं । गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।



बैंकले आव २०८०–८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरेको छ ।

त्यस्तै, उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरू दिलिपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकहरू विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइरालालाई सर्वसम्मतिबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।

साधारणसभालगत्तै बसेको सञ्चालकहरूको बैठकले दिलिपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरूले नगद लाभांस प्राप्त गर्नेछन् ।

बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट