काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलले जवाफी बहस गरे पश्चात थुनछेक बहस सकिएको हो । रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस गरेका थिए ।
अब न्यायाधीश माधवप्रसाद अधिकारीले थुनछेकको आदेश गर्नेछन् ।