काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट गरेका छन् ।
सूर्यदर्शन सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो ।
स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका त्रिपाठी बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा रास्वपा कार्यकर्ताले उनीमाथि आक्रमण प्रयास गरेका हुन् ।
आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।