काठमाडाैं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा आमसभा गर्ने भएकाे छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आमसभा गर्ने निर्णय भएकाे बताए ।
उनका अनुसार बैठकमा माेर्चाबारे पनि समीक्षा भएकाे छ । आठौंदेखि नवौं बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको उनले बताए ।
समाजवादी मोर्चाको कार्यक्रमहरू केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको पनि उनले जनाएका छन् ।
अब माेर्चाकाे कार्यदलकाे नियमित बैठक बसाउने तयारी भएकाे पनि विश्वकर्माले जानकारी दिएका छन् ।
माेर्चाले सरकारकाे गतिविधि जनता विराेधी रहेकाे निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय पनि गरेकाे छ ।