वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए रास्वपाले कारबाही गर्ने-Sutra News

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए रास्वपाले कारबाही गर्ने

बुधबार, २ माघ २०८१

बुधबार, २ माघ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात गर्ने आफ्नो सदस्य भए कारबाही गर्ने जनाएको छ ।



बुधबार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा कार्यकर्ताले त्रिपाठी माथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आज थुनछेक बहस भएको थियो ।

त्रिपाठी माथि भएको हातपातको अनुशासन विभागको ध्यानाकर्षण भएको छ र घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट