काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सरकारको समीक्षामा जुटेको छ । सरकारको ६ महिने कार्यकाललाई लिएर अनेकन टिका टिप्पणी भइरहेका बखत प्रमुख सत्ता साझेदार कांग्रेस समीक्षामा जुटेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले सरकारको समीक्षा गर्न बेग्ला–बेग्लै बैठक बोलाएका छन् ।
पार्टी पदाधिकारीसँगको छलफल भइसकेको छ भने अब सांसद र मन्त्रीसँग छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । छलफल देउवा निवास बूढानिकलण्ठमा चलिरहेको छ ।
नेपाली कांग्रेसकै सहयोगमा एमाले अध्यक्ष केपी शर्मा ओली गत असार ३० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली नेतृत्वको सरकारमा कांग्रेसका १० मन्त्री र दुई राज्यमन्त्री गरी १२ जना पठाएको छ ।
विशेषगरी सरकारको ६ महिना उपलब्धिमूलक भएन भन्ने टिप्पणीका बिच देउवाले नेताहरुसँग बेग्ला–बेग्लै छलफल बोलाएका हुन् ।