काठमाडाैं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको छ। बुधबार राति भएकाे आक्रमणको समयमा सैफकी श्रीमती करीना र उनीहरूका छोराछोरी पनि उनीसँगै थिए।
उनीमाथि आक्रमण गर्ने काे थिए भन्ने यकिन नभइसकेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । कतिपयले चाेरीकाे याेजनामा घरभित्र छिरेर आक्रमण गरेकाे पनि बताएका छन् ।
यस घटनामा मुम्बई प्रहरीले ३ जना संदिग्धलाई हिरासतमा लिएको छ। उनीहरूमाथि हाल सोधपुछ भइरहेको बताइएकाे छ।
आक्रमण घाइते सैफ अली खान हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना छन्। सैफ अली खानको स्वास्थ्य अवस्थाको बारेमा पछिल्लो जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन।
एएनआईको पोस्ट अनुसार, एक अज्ञात व्यक्ति अभिनेता सैफ अली खानको घरमा प्रवेश गरेका थिए । अभिनेता र घुसपैठ गर्ने व्यक्तिबीच सुरूमा झगडा भयो। त्यसपछि ति व्यक्तले हतियार प्रहार गरे । एजेन्सीबाट