काठमाडौं । स्थानीय बजारमा फेरि सुनको भाउ बढ्न थालेको छ । लगातार केही कारोबार दिनदेखि नै उकालोमा लागेको सुनको भाउ बिहीबार एकै दिन प्रतितोला १२ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार पनि सुनको भाउ प्रतितोला ४ सय रूपैयाँ बढेको थियो ।
मूल्य बढेसँगै आज सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ बढ्दै गर्दा स्थानीय बजारमा बिहीबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको भाउ आज ५० रूपैयाँले बढेको छ ।
मूल्य बढेसँगै बिहीबार स्थानीय बजारमा चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस २६ सय ९६ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।