सामाखुसी नदीलाई ढलभित्र थुन्ने महानगरको कामप्रति मन्त्री खड्गीको आपत्ति-Sutra News

सामाखुसी नदीलाई ढलभित्र थुन्ने महानगरको कामप्रति मन्त्री खड्गीको आपत्ति

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएसंगै बालेन्द्र शाह (बालेन)को पहिलो नजरमा सरकारी मापदण्डविपरित बनेका संरचना हटाने तर्फ गयो । त्यो संगै काठमाडौंभित्रका नदीनालाहरुको दायरा पत्ता लगाउँदै नक्सा अनुसार व्यक्तिले हडपेको जमिन फिर्ता ल्याउने काममा सक्रिय रहे । उक्त कार्य आज पनि नियमित छ ।



गत बर्ष मेयर बालेनले सामाखुसी खोलाको पुरै ढक्कन भत्काउन लगाए । नदीको छेउमा बनेका सुकुम्बासीका टहरा तथा पक्की घरलाई हटाउने प्रयत्न गरे तर सफल हुन सकेनन् । कतिपयले मुद्दा हाले तर मुद्दा किनाराकृत हुन अझ बाँकी नै छ । सर्वोच्चले गरेको फैसला मान्ने हो भने पनि नदी छेउको वरिपरि २० मिटर छोडेर मात्रै भौतिक संरचना बनाउन पाउने उल्लेख छ। मेयर बालेनले त अझ ४० मिटर छोडेर मात्रै भौतिक संरचना बनाउन पाइने अडान लिइरहेका छन। यो अवस्था रहँदा रहँदैको बीचमा अहिले फेरि सामाखुसी सिङ्गो नदीलाइ ढलभित्र थुन्ने काम भइरहेको छ।

बासबारी, महाराजगञ्ज, रानिबारी प्रहरी तालीम केन्द्र हुँदै सामाखुसी रेडन कलेज भएर नयाँ बसपार्क साइड बिष्णुमति नदीमा मिसिने करिब १० किलोमिटरको दुरीलाई पुर्ण रूपमा ढल राखेर पुर्ने काम भइरहेको छ । सो सम्बन्धमा यहि क्षेत्रबाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित एवं सामाजिक विकास मन्त्री हरीप्रभा खड्गीले उक्त कुराप्रति आपत्ति जनाएकी छिन् । महानगरले वर्षाको समयमा भेलबाढी आउँने उक्त नदिलाई सामान्य ढलमा सिमित गर्दा निकट भविष्यमा ठूलो जोखिम नित्याउँने भन्दै उनले आपत्ति जनाएकी हुन् ।

महानगरको कामप्रति प्रदेश सरकार किन मौन भएको भनेर हामिले सोधेको प्रश्नमा मन्त्री खड्गीले भनिन्, यस्तो त हुनै सक्दैन सिङ्गो नदीलाई कसरी ढल राखेर छोप्न सकिन्छ ? यो त प्रकृति विपरित काम भयो । यो बारेमा मलाई कुनै जानकारी थिएन । स्थानीय सरोकारवाला र मेयर बालेनसँग समन्वय गरेर यसको विषयमा गम्भीरताका साथ अध्ययन गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट