देउवासामु कांग्रेस मन्त्रीले पोखे सरकारमा रहँदाको समस्या र अप्ठ्याराका कुण्ठा-Sutra News

देउवासामु कांग्रेस मन्त्रीले पोखे सरकारमा रहँदाको समस्या र अप्ठ्याराका कुण्ठा

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसामु सरकारमा रहेर काम गर्दाको समस्या र अप्ठ्याराका कुण्डा पोखेका छन् । विहीबार देउवा निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेता र मन्त्रीहरु बीच भएको छलफलमा मन्त्रीहरुले ब्रिफिङ गर्ने क्रममा काम गर्दा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका हुन् ।



उक्त छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताएका छन् । संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिएको मन्त्री चौधरीले बताए । कामलाई कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भएको छ समेत उनले बताए ।

मन्त्री चौधरीले आफूले सम्हालेको मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको बताएको जानकारी दिए । उनले अध्यादेशबारे सकारात्मक छलफल भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट