नेप्से कारोबारको अन्तिम दिन सात अंकको गिरावट-Sutra News

नेप्से कारोबारको अन्तिम दिन सात अंकको गिरावट

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।



आज नेप्से परिसूचक ७.३३ अंकले घटेर दुई हजार ५८८.६२ अंकमा बजार बन्द भएको हो ।

यसदिन कारोबार रकम भने थोरैले बढेको छ । बुधबार ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएकोमा आज ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट