काठमाडौं । नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ। बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको हो।
बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ। यसमा रहने सदस्यहरू अर्को बैठकले तोक्ने छ।
बैठकले पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको पनि प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।
उनकाअनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाको भर्त्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ।
संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय पनि आजको बैठकले गरेको।