राष्ट्रिय परिचयपत्रबारे बढ्दो जनगुनासो, छलफलका लागि बोलाइयो गृहमन्त्री-Sutra News

राष्ट्रिय परिचयपत्रबारे बढ्दो जनगुनासो, छलफलका लागि बोलाइयो गृहमन्त्री

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१
फाइल तस्बिर

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रलाई प्राथमिकताका केही क्षेत्रमा अनिवार्य गरेको छ । जसबाट नागरिकहरु समस्यामा परेको गुनासोहरु आउँन थालेका छन् । यसैबिच प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएको छ ।



राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफलका लागि गृहमन्त्री लेखकलाई समिति बैठकमा शुक्रबारलाई बोलावट भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

माघ १ गतेदेखि सबै बैंकहरुमा खाता सञ्चालन गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकले समेत निर्देशन दिएको थियो । केही क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि नागरिक स्तरबाट अप्ठेरो परेको गुनासाहरू आउन थालेका थिए । सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चले परिचयपत्र तत्कालका लागि कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश पनि जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट