बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश-Sutra News

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।



आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट