रोल्पामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न-Sutra News

रोल्पामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । रोल्पाको माडीचौरमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाडौं मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा समृद्ध रोल्पा फाउन्डेसनको आयोजनामा बुधबार सुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो । शिविरमा रोल्पा नगरपालिकाको सहकार्य र माडी एकता युवा क्लबको व्यवस्थापन रहेको छ।



सांसद डा. शुनिल कुमार शर्माको सहयोग रहेको शिविरमा स्त्रीरोग तथा आङ खस्ने समस्याको शल्यक्रिया, बालरोग, मानसिक तथा मनोरोग, हाडजोर्नी तथा नसारोग, छाला तथा यौनरोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, इसिजी, भिडियो एक्स–रे, ल्याबटेस्ट, मुटुरोग एवं जनरल मेडिकलसम्बन्धी सेवाहरू दिइएको आयोजक संस्था समृद्ध रोल्पा फाउन्डेसनका अध्यक्ष ओनसरी घर्तीमगरले जानकारी दिइन्।

दुई दिनसम्म चलेको शिविरबाट एक हजार आठ सय ७५ जना लाभाम्बित भएका छन् । जस मध्ये एक ३७ जनाको इसिजि, एक सय ५६ जनाको ल्याव, एक सय ९७ जनाको भिडियो एक्सरे, एक सय २ जनाको इको, एक जनाको माइनर, एक सय ३५ जनालाई रिफर गरिएको छ भने २३ जनाको दात निकालिएको अध्यक्ष घर्तीमगरले जानकारी दिइन् ।

शिविरमा शल्यक्रिया गर्ने सबै किसिमका बिरामीलाई माघ २३ गते काठमाडौं मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया गरिने कलेजका व्यवस्थापक नारायणप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार दूरदराजमा रहेका बिरामीहरूलाई लक्षित गरी पूर्वअर्थमन्त्री वर्षमान पुनको पहलमा शिविरको आयोजना गरिएको हो। शिविरमा चेकजाँचसँगै औषधि निःशुल्क वितरण गरिएको छ।

रोल्पामा शिविर आयोजना गरेर केएमसीले रोल्पालीका लागि ठुलो गुन लगाएको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले बताए। दूरदराजमा आर्थिक अवस्था तथा अन्य कारणले रोग सहेर बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने घर्तीको विश्वास छ।

समृद्ध रोल्पा फाउन्डेसनका अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्तीमगरले रोल्पाली जनताको आधारभूत स्वास्थ्य सेवाप्रति जिम्मेवार बन्दै संस्थामार्फत शिविरको अगुवाइ गरेको स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट