वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए अदालतमा दुर्व्यवहार गर्ने केसीविरुद्ध जाहेरी-Sutra News

वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए अदालतमा दुर्व्यवहार गर्ने केसीविरुद्ध जाहेरी

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गर्ने ललित केसीविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।



प्रहरीका अनुसार त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो । लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा केसीलाई पक्राउ गरेको थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट