भिम रावल र आशिका तामाङहरुको बिद्रोही स्वर-Sutra News

भिम रावल र आशिका तामाङहरुको बिद्रोही स्वर

शनिबार, ५ माघ २०८१

शनिबार, ५ माघ २०८१

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट आम नागरिकमा निरासा पैदा हुँदै गएको छ । पुराना दलहरुबाट वाक्कदिक्क बनेका नेपाली नागरिक नयाँ भनिएका दलहरुबाट पनि त्यति खुसी हुन सकेका छैनन् । सत्तामा मात्र लिप्त हुन चाहने दल र त्यसका नेताका कारण पनि आम नागरिकमा नैरस्यता पैदा भइरहेको छ ।



युवा जनशक्तिको पलायनको मार खेपीरहेको नेपालले पछिल्लो समय युवा अवस्थामा पुग्दै गरेका विद्यार्थी पलायनको भयाबह स्थीति झेलिरहेको छ । देशको राजनैतिक अस्थिरता त्यसको प्रमुख कारण बन्न पुगेको छ । राजनैतिक खिचातानीले पैदा गरेको कमजोर अर्थतन्त्रका कारण देशमा बाँकी रहेका युवामा पनि निराशा मात्र बाँकी छ ।

नेपालमा पार्टी खोल्नुको उदेश्य जसरी पनि सत्ता हत्याउने, भ्रष्टाचार गर्ने, आफ्ना मान्छे र कार्यकर्ताको पक्षपोषण गर्ने नै हो भन्ने कुरा विगतको इतिहासले प्रमाणित गरिसकेको छ। पार्टी पार्टी बिच झगडा हुनु, दुश्मनी रहनु, भोट प्राप्तिको लागि आ आफ्ना धारणा र उदेश्य अलग हुनु, वैचारिक विभेदता रहनु राजनीतिमा सामान्य मानिन्छ । तर ऎमालेमा आफ्नै पार्टी भित्रका नेताहरु बिच देखिएको यो रछानबाजी, अंतरघात र मण्डलेपाराले सारा देशवासी वाक्क भैसकेका छन। यदि छिट्टै निर्वाचन हुने हो भने जनताले यो रछानबाजीको बदला अवश्य लिने थिए।

होमरको महाकाव्यमा बयान गरेअनुसार राजाको स्वैर कल्पना अनुसारको राज्य पद्धति नै राजनीतिक शासन पद्धति हो। जब जनतामा दुराचार, पापाचार, राग, द्वेष उन्माद, क्रोध, लोभ, हत्या, हिंसा, भ्रष्टाचार र असामाजिकता फैलिन्छ त्यसलाई नियमन नियन्त्रण गर्ने साधन भनेको राजनीतिक उपाय मात्रै हो। राज्यको विकासमा राजनीतिको अहम भुमिका रहन्छ । धार्मिक युगमा धर्म नै कानुन थियो । धर्मबाट नै मनुष्य नियन्त्रणमा थिए। धर्मयुगमा धर्म नै राजनीति थियो । मध्य युगमा राजनीति र धर्ममा एकता भयो। अनि राजनीति एउटा जीवन दर्शन बन्यो। राजनीति सामाजिक दर्शनबाट नै अनुप्राणित भएको हुन्छ । एकै अर्थमा भन्नुपर्दा राजनीति चेतनाको त्यो आलोक हो जस्का कारण मानव सभ्यता आदिम बर्बर युगबाट आधुनिक सभ्य र प्रजातान्त्रिक युगमा परिवर्तन भएको छ।

देशलाइ राजनीतिले गतिशीलता प्रदान गर्छ। सामाजिक चेतनाको अर्को रुप भनेको राजनीति हो। मानव चेतनाको र्निविकल्प ज्ञानको रूपमा राजनीतिक चिन्तनलाई मानिन्छ। समाजमा म के हो ? समाज के हो ? मेरो कर्तव्य के हो ? समाजमा मेरो स्थान के हो ? समाज निर्माणमा मेरो भुमिका के हो ? भन्ने कुराको सचेतना नै राजनीतिक चेतना हो । जहाँ असमानता हुन्छ त्यहाँ बिरोधको स्वर गुञ्जन्छ । बिरोधको प्रचेष्ठाबाट नै राजनीतिको किरण उदय हुन्छ । पहिला राजाले मान्नुपर्ने धर्मलाई राजधर्म भनिन्थ्यो । पछी त्यही राजनीतिक सिद्धान्त बन्यो।

इतिहासको गर्वमा हिजो जन्मेका कतिपय पार्टीहरु विलय भैसकेका छन। नयाँ पार्टी जन्मिने र नयाँ पार्टीमा समान विचार र समान उदेश्य भएका पार्टीहरु अन्तर्घुलन हुने प्रक्रिया पार्टीको विनिर्माण हो। नेपालमा दर्ता भएका कतिपय पार्टीहरुको केही स्थुल अंश अर्को पार्टीमा बिलाउनु सामान्य हो ।

पार्टीहरु आन्तरिक द्वन्द र शक्ति सन्तुलनका कारण फुट्छन । ती विभाजन भएर शक्तिहीन भएर बस्छन वा फेरि कुनै अर्को बलियो पार्टीमा त्यस्को अवशेष स्थान्तरण हुन्छ । मतलब दोस्रो अर्को पार्टीमा त्यो बिलय हुन्छ । सबैभन्दा लामो इतिहास भएको नेपालको राजनीतिक पार्टी नेपाली कांग्रेस र नेकपा (ऎमाले) हो । जो बिगत देखि बर्तमानसम्म फुट गुट टुट र जुटको संघारबाट धेरै पटक गुज्रिएको छ। बामदेव देखि भिम रावलसम्मको इतिहास हेर्दा यी दुवै दास प्रवृत्ति मन नपराउने बरु अफ्नो बिद्रोही स्वर दबाउनेको विरुद्ध निरन्तर लाग्ने प्रवृत्तिका देखिए । यसो गर्दा शेष रहेको विचारधारा, पार्टीको घोषणा पत्र, उदेश्य , राजनीतिक बैचारिक बाटोले धार बदल्दै हिंड्न् थाल्छ। एमाले भित्र मार्क्सवादी चिन्तन बिलय गराउने काम एक राजनितीक पार्टीको बिचारधाराको अवशेषान्तरण पनि हो। पार्टी फुट्नु भन्दा पनि पार्टी भित्र बैचारिक द्वन्द बोल्ने, फरक विचार बोकेर हिड्ने व्यक्ति अलग्गिएको भन्दा फरक नपर्ला ।

असल राजनीतिज्ञ र तिनका आदर्श जब छाँयामा पर्न थाल्छ अर्थात छाँयामा पारिन थाल्छ त्यतिनै बेला समाजमा आशिका तामाङहरु जस्ता व्यक्तिहरुको हुइया बढ्न थाल्छ । पुराना पार्टीहरुको काम गराइ, सत्ता लोलुपता, भ्रष्टाचार, भागबन्डा, व्यथीति, राज्यकोषको दोहन र दुरुपयोग, हरेक मन्त्रालय देखि विभागसम्म बिचौलियाको बिगबिगीका कारण जब जनता वाक्कदिक्क हुन थाल्छन अनि त्यो भिडमा नव आशिका तामाङहरु जन्मिन्छन र जनता तिनका भुलभुलैयामा बिश्वास गर्छन।

हिजो पञ्चायती व्यवस्थाबाट आहात भएका जनता बिचमा उभिएकी नानी मैया दाहाल आजको आशिका तामाङहरुको बिम्ब थिइन । बेला बेलामा यस्ता बिम्बहरु किन उठ्छन भनेर अध्ययन गर्दा, यो राजनीतिक व्यथीतिकै एउटा उपज हो। जनताको निराशा यस्कै माध्यमबाट प्रकट हुन्छ । आफुलाइ परिवर्तनको एकमात्र मठाधिस सम्झिनेहरुको विरुद्ध उर्लिएको आवाजलाइ दबाउन खोज्ने हिटलरीय शैली बोक्ने नेताहरु नसुध्रिएसम्म समाजमा आशिकाहरु आउनेक्रम जारि रहन्छ। नेपालमा नयाँ पार्टी उदय हुँदा जनताले केही अपेक्षा गर्छन र भिम रावलका सपना र स्वरहरु कत्तिको स्थाइ हुन्छन त्यो समयले नै बताउँला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट