कानुन निर्माणबारे सिंहदरबारमा प्रमुख चार दलका नेताहरूबीच छलफल-Sutra News

कानुन निर्माणबारे सिंहदरबारमा प्रमुख चार दलका नेताहरूबीच छलफल

शुक्रबार, ४ माघ २०८१

शुक्रबार, ४ माघ २०८१

काठमाडौं । कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ । छलफलमा चारै प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए ।



शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको हो ।

कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट