अदालतले माग्यो आशिका तामाङलाई पक्राउ गर्नुको कारण-Sutra News

अदालतले माग्यो आशिका तामाङलाई पक्राउ गर्नुको कारण

शुक्रबार, ४ माघ २०८१

शुक्रबार, ४ माघ २०८१

काठमाडौं । उच्च अदालत पाटनले अभियान्ता आशिका तामाङलाई पक्राउ गर्नुको कारण मागेको छ । आशिकाको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले पक्राउको कारण मागेको हो ।



बिहीबार मात्रै आशिकाको बन्दी प्रत्यक्षीकरण निवेदन अदालतमा परेको थियो । जसमा बसेको इजलास माघ ६ गते काठमाडौँ प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई कारणसहित उपस्थित हुन आदेश दिएको अदालतले जनाएको छ ।

कारणसहित उपस्थित हुन प्रहरी र प्रशासनलाई आदेश दिए पनि बन्दी रहेकी आशिकालाई भने अदालतमा झिकाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट