काठमाडौं । भूमाफिया संरक्षण गर्न सरकारले भूमि अध्यादेश ल्याएको विपक्षी दलहरूले आरोप लगाएको छ ।
विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गरी सरकारले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको आरोप लगाएको हो ।
विपक्षी दलहरूको तर्फबाट गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिन्छ । त्यसैले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न अध्यादेश जारी गरेको हो ।’