मौलिक नेपाली शो ‘सिङ्गिङ स्टार’ आजदेखि प्रशारण हुँदै-Sutra News

मौलिक नेपाली शो ‘सिङ्गिङ स्टार’ आजदेखि प्रशारण हुँदै

शनिबार, ५ माघ २०८१

शनिबार, ५ माघ २०८१

काठमाडौं । गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आजदेखि सुरू हुँदैछ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आजदेखि प्रत्येक शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ ।



नेपालकै मौलिकतालाई प्रवद्र्धन गर्ने उदेश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन् । सङ्गीतकार पोखरेलले यस प्रतियोगिताले सहभागी अन्तिम १४ मध्ये गायन क्षमता भएकाले अवसर दिने जानकारी दिए ।

उनले भने,‘रियालिटी शोमा गायन क्षमता भएता पनि भोटिङका कारण प्रतियोगी बाहिरिनु पर्ने हुन्छ । तर, अन्तिम १४ मा रहेका प्रतियोगीको गायन क्षमता हेरेर भोटिङका कारण प्रतियोगिताबाट बाहिरिए पनि हामी गीत निकाल्ने अवसरको सिर्जना गर्नेछौँ । यसकारण पनि अन्य भन्दा यो प्रतियोगिता फरक छ ।’

सङ्गीतकार पोखरेलले यस्ता मंचले नयाँ प्रतिभालाई अवसर सिर्जना गर्नेमा जोड दिए । कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी र निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन् ।

‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुति रहेको ‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली सङगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायक र गायिका खोज्ने रहेको निर्देशक भण्डारीले बताए । उनले भने,‘यो कार्यक्रमले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।’ नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको शो ‘सिङ्गिङ स्टार नेपाल’ कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट