काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
जोशीसहितका व्यक्तिविरुद्ध संगठित रूपमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ । जोशीविरुद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत मुद्दा चलेको थियो ।
कास्की अदालतमा उनी ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो ।
उनीसँगै प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की अदालतले ६५ लाख र जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम बुझाएर लामिछाने रिहा भएका छन् ।