पाँच महिनामा संसदको अधिवेशन बोलाउने तयारी-Sutra News

पाँच महिनामा संसदको अधिवेशन बोलाउने तयारी

आइतबार, ६ माघ २०८१

आइतबार, ६ माघ २०८१
फाइल तस्बिर

काठमाडौं । सरकारले माघको तेस्रो साता संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ। विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने बताइरहेका बेला सरकारले भने माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो।



सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान हुनसक्ने बताए। उनले भने, ‘अब केही दिनमै बोलाइन्छ। माघको १८ वा २० गते मा हुनसक्छ, त्यही अनुसारको सल्लाह हुँदैछ ।’

संसद्को बर्षे अधिवेशन गएको भदौ ३१ गते अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ। पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट