काठमाडौं । जाडो मौसममा अधिक प्रयोग हुने हिटर, गिजर र आगो जन्य सामाग्री प्रयोगमा सचेत रहन नेपाल प्रहरीले नागरिक सात्क्षाकार कार्यक्रम गर्दै आएको छ । सोहि क्रममा आईतबार टोखा नगरपालिका वडा नं ९ गोंगबुँ चोकमा प्रहरी प्रभाग नयाँ बसपर्क र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको संयुक्त आयोजनामा सचेतना कार्यक्रम गरेको छ ।
चिसो बढ्दै जाँदा नागरिकले न्यायोका लागि प्रयोग गर्ने हिटर, गिजर र आगोको सहि तरिकाले उपयोग नगर्दा र्दुघटना निम्तने गरेको छ । त्यस्ता घटना न्यूनिकरणका लागि समुदाय-प्रहरी साझेदारी अवधारणा बमोजिम गोंगबुँ चोकमा सचेतनामूलक पर्चा वितरण तथा जिंगल प्रसारण कार्यक्रम गरिएको छ प्रहरीले जनाएको छ ।
उक्त कार्यक्रममा स्थानीय नागरिक तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको प्रहरीले जनाएको छ । सामुदायिक प्रहरीले यसरी बेला बेलामा सामाजिक सचेतना मुलक कार्यक्रम गर्दै आएको छ। टोखा नगरपालिका र कामनपा २६ भित्र पर्ने बसपार्क वरिपरिको वातावरण तथा सामाजिक जीवनलाई स्वच्छ बनाउने काममा पनि सामुदायिक प्रहरीले जिम्मेवार भुमिका निर्वाह गरिरहेको प्रहरी प्रभाग नयाँ बसपर्कले जनाएको छ ।
कार्यक्रममा हिटर गिजर र आगो प्रयोग गर्दा सचेत रहनुहोस्, झ्याल ढोका बन्द गरी हिटरको प्रयोग नगरौं लगाएतको नारासहितको जिंगल प्रसारण गरेर नागरिकमा सचेतना प्रवाह गरिएको प्रहरीले जनाएको छ ।