वामदेव एमाले फर्कदा उपाध्यक्षसहितको टिम माओवादीतिर-Sutra News

वामदेव एमाले फर्कदा उपाध्यक्षसहितको टिम माओवादीतिर

आइतबार, ६ माघ २०८१

आइतबार, ६ माघ २०८१

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । केही दिनयता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने तयारी गरेका गौतम अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् ।



गौतम नेतृत्वको अभियान एमालेको नीति सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमतिसंगै एमालेमा वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने पक्का भएपछि उनी एमाले फर्कने भएका हुन् ।

गौतम एमाले फर्कने तयारी गर्दा अर्को तर्फ नेकपा एकता राष्ट्रिय अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलग्गिएको हो । आज (आइतबार) रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् ।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् ।

उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट