काठमाडौं । बढ्दो शहरीकरणसँगै देशमा टायल खपत पनि वार्षिक १० प्रतिशतले बढिरहेकाले अहिले नेपालको टायल बजार १२ अर्ब बढीको रहेको आकलन गरिएकोमा नेपालमा बढ्दो खपत र १२ अर्बको आयात प्रतिस्थापन गर्ने लक्ष्य सहित आधा दर्जन उद्योग नेपालमै खुलिसकेको सन्दर्भमा बर्दियाको गुलरियामा लामीनार भिट्रिफाईड ब्रान्डको रूपमा बजारमा नया गुणस्तरीय उत्पादन उपलब्ध गराइरहेको छ ।
१२.५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगमा विभिन्न प्रतिष्ठित व्यवसायीको लगानी छ । गएको भदौ एकबाट व्यवसायीक उत्पादन थालेको यो उद्योगले एकै दिनमा एक लाख ४० वर्गफिट टायल उत्पादन गर्ने क्षमता छ । यो उद्योगले केही विदेशी प्राविधिक सहित ३ सय बढीलाई रोजगारी समेत उपलब्ध गराएको छ । व्यक्तिगत घरका साथै एयरपोर्ट, कम्प्लेक्स र मल अस्पतालका साथै अपार्टमेन्ट सम्मलाई आवश्यक पर्ने उत्पादन गरिरहेको छ ।
टायल उत्पादनका लागि स्पेन, इटाली, चीन र भारतमा विकसित प्रविधि र मेसिनहरूको प्रयोग गरिएको छ भने डिजिटल प्रीन्टर र गुणस्तर जाँच गर्ने मेसिन इटालीबाट आयात हुँदा मसी र ग्लेज पनि स्पेन र इटालीबाट ल्याइएको छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने भारतबाट ल्याइरहेको भएपनि डडेल्धुरामा खानीका लागि लाइसेन्स पाइसकेका कारण छिट्टै उत्खनन प्रक्रिया सुरु गरेर स्वदेशी माटो नै प्रयोग गर्न सुरु गरेसँगै उद्योगले खपत गर्ने कच्चा पदार्थ, विजुली र श्रमीक सँगै सम्पूर्ण रूपमा नेपाली स्रोतसाधन, जनशक्ति र कच्चा पदार्थमा आधारित उद्योग बन्ने लक्ष्यसाथ अगाडि बढिरहेको छ ।
उद्योगले बजारमा उपलब्ध गराइरहेको लामीनार भिट्रिफाईड टायल विदेशबाट आयातीत टायल भन्दा २०५ कममा उपलब्ध गराइरहेको छ । नेपालको टायर बजार एकदमै प्रारम्भिक अवस्थामा रहेको बजार र उच्च प्रतिस्पर्धाका कारण मूल्यमा पनि अझै परिवर्तन हुने सम्भावना कायमै छ । लामीनार भिट्रिफाईड ब्रान्डका टायलको गुणस्तर र मूल्यलाई हेर्दा नेपालीहरूले उच्च गुणस्तरीय टायल कम मूल्यमा पाउने सम्भावनाको ढोका खुलेको छ ।
लामीनार भिट्रिफाईड ब्रान्डले बजारमा बलियो उपस्थिती जनाउँदै गर्दा अन्य ५ वटा टायल उद्योगले पनि राम्रै उपस्थिति जनाएका छन । आफ्ना उत्पादनलाई विभिन्न १० समूहमा वर्गीकरण गरेर टायल उत्पादन गरिरहेको कम्पनीले सिमेन्टमा जस्तै टायलको क्षेत्रमा समेत नेपाललाई आत्मनिर्भर बनाउँदै करिब १२ अर्बको वार्षिक आयातलाई प्रतिस्थापन गर्ने चुनौतीपूर्ण लक्ष्य लिएको छ ।