‘आउट ल’को लागि सुशीलले आफ्नै शरीरमाथि लगाए आगो-Sutra News

‘आउट ल’को लागि सुशीलले आफ्नै शरीरमाथि लगाए आगो

सोमबार, ७ माघ २०८१

सोमबार, ७ माघ २०८१

काठमाडौं । अभिनेता सुशील श्रेष्ठले एक्सन दृश्यको लागि आफ्नै शरीरमा आगो लगाएका छन् । उनले बलिरहेको आगोमा उनले झन्डै एक मिनेट एक्सन गरेका छन् । श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।



उसो त फिल्ममा आफ्नो पात्रलाई न्याय गर्नको लागि अधिकांश कलाकारहरू मरिमेट्ने गरेको देखिन्छ । रिलको कहानीलाई रियल बनाएर दर्शकमा प्रस्तुत गर्नको लागि कलाकारहरू दिलोज्यान दिएर मिहिनेत गरिरहेका हुन्छन् ।

एउटै फिल्मको लागि २० देखि २२ किलो वजन बढाएर फेरी त्यति नै वजन घटाएको उदाहरण पनि थुप्रै छन् । अझ फिल्ममा एक्सन स्टनको लागि कति ठूला ठूला जोखिम उठाएको पनि हामी देख्छौँ ।

तर फिल्म ‘आउट ल’मा सुशीलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माण पक्षले गरिरहेको छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।

र, यो एक्सनको लागि सुशीलले पुरै दिलो ज्यानबाट मेहनत गरेका छन् ।

जुन एक्सन सिक्वेन्स खिच्न नै ४० लाख रुपैयाँ खर्च भएको छ । जुन दृश्य फिल्मको लागि निकै महत्वपूर्ण रहेको निर्देशक विक्की महर्जनले जानकारी दिएका छन् ।

होलीको दिन पारेर आगामी फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा करिब ५० मिनेट त एक्सन नै रहेको छ । र, एक्सन लभरको लागि त यो निकै खुसीको कुरा पनि हो ।

अमित अग्रहरी निर्माता रहेको यस फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतको अभिनय छ । निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा नवीन गुरुङको छायाङ्कन, चुल्ठे काजीको द्वन्द्व निर्देशन तथा साहिल खानको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट