दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार अंकमा पनि बृद्धि-Sutra News

दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार अंकमा पनि बृद्धि

सोमबार, ७ माघ २०८१

सोमबार, ७ माघ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा सुधार आएको छ । आइतबार १२.५८ अंकले बढेको नेप्से सोमबार ६.७८ अंकले बढेको हो । सोमबारको बृद्धिसँगै नेप्से २६०७.९९ को बिन्दुमा उक्लिएको छ ।



परिसूचकमा बृद्धि हुँदा नेप्सेमा कारोबार रकम पनि बढ्यो । १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँको भयो ।

आज ८ समूहको सूचक बढ्दा ५ समूहको सूचक घट्यो । फाइनान्सको सूचक सबैभन्दा बढी २.५३ प्रतिशतले घट्दा व्यापारको सूचक २.१३ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका कम्पनीमध्ये ११८ को मूल्य बढ्दा ११७ को मूल्य घट्यो । ८ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

अहिले धेरैजसो कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसकेका छन् । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासको पनि रिपोर्ट आएको छ । जुन लगानीकर्ताका लागि सकारात्मक देखिन्छ ।

लगातारको बृद्धिले लगानीकर्ताका लागि माहोल अनुकुलित बन्दै गएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट