नेपाल लाइफको एमडिआरटी अचिभर्स अवार्ड, २०२५ समारोह सम्पन्न-Sutra News

नेपाल लाइफको एमडिआरटी अचिभर्स अवार्ड, २०२५ समारोह सम्पन्न

सोमबार, ७ माघ २०८१

सोमबार, ७ माघ २०८१

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति ०८१ साल माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एमडिआरटी’ अचिभर्स अवार्ड, २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ। सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडिआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ।



पानसमा दीप प्रज्ज्वलन गरी कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक शक्तिकुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडिआरटीहरूलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए। आगामी दिनमा थप ऊर्जाका साथ बिमालाई नेपालीको घरदैलोसम्म पुर्‍याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एकजुट भई लाग्न आग्रह गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए। नेपाल लाइफले बिमा बजारको करिब एकतिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिकबिच बिमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे।

पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको साथै उनीहरूकै मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए । अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरासमेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्त्वलाई मनन गर्दै आमनेपाली नागरिकलाई बिमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बिमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजनासहित अघि लम्कन आग्रह गरे।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडिआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे।

बिमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बिमासम्बन्धी नीति निर्माणमा सहयोग पुर्‍याउने बताए। विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बाबजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले प्रशंसा गरे।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको, तर बिमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरू एकदमै सुरक्षित पेसामा रहेको कुरा बताउँदै सो पेसाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बिमाको सचेतना आमनागरिकबिच पुर्‍याउन आग्रह गरे।

बिमामा रिस्क बेस्ड क्यापिटल तथा अन्य प्रावधानहरूको व्यवस्था भएसँगै चुनौतीहरू थपिएको र यस चुनौतीलाई अवसरमा परिणत गर्न नेपाल लाइफकर्मीहरू अब्बल रहने र सफलताको शिखर चुम्नेमा आफू विश्वस्त रहेको बताए।

सिओटी हुन सफल भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा सिओटी बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरे। यस कम्पनीले अभिकर्ताको सीप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरे र आगामी दिनमा थप परिष्कृत बनाउन व्यवस्थापनलाई सुझाव दिए।

पेसागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे र सम्पूर्ण क्वालिफाइड एमडिआरटीहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गरे।

उनले कम्पनीले अभिकर्ता र बिमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे र आगामी दिनमा पनि यसै किसिमको साथ सहयोग कम्पनी व्यवस्थापनबाट प्राप्त हुनेमा आफू आश्वस्त रहेको बताए।

पेसागत बिमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे। नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताए।

जीवन बिमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बिमितको विश्वासलाई कायम राखिराख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरू प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गरे।

साथै सहभागी सबै एमडिआरटी क्वालिफायरहरूलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनहरूमा काम गर्न थप ऊर्जा प्राप्त गर्नुहुने विश्वास व्यक्त गरे।

साथै अन्त्यमा सम्पूर्ण एमडिआरटी क्वालिफायरहरूलाई सिओटी बन्न र सिओटीलाई टिओटी बन्न शुभकामना व्यक्त गरे। नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै कम्पनीले विभिन्न रूपान्तरणकारी कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट