काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ बाट बोलाउन सिफारिस गरेको हो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
संसदको वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । संसदको वर्षे अधिवेशन अन्त्य भएको ४ महिनापछि सरकारले हिउँदे अधिवेशन बोलाएको हो ।
संसदका विपक्षी दलहरुले अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउने चेतावनी दिँदै आएका छन् ।
आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।