माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा-Sutra News

माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

मंगलबार, ८ माघ २०८१

मंगलबार, ८ माघ २०८१

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।



पदाधिकारी बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल हुने उनले जनाए ।

माओवादीले यो पटककाे बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेकाे छ । पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ।

पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएको पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष सरहकै कुर्सीमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट