काठमाडाैं । स्थानीय बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताकाे दाेस्राे काराेबार दिन (साेमबार) प्रतिताेला १ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य मंगलबार ११ सय रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै मंगलबार सुनकाे मूल्य प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँ कायम भएकाे छ ।
यसअघि सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो।
सुनकाे मूल्य बढ्दै गर्दा स्थानीय बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार साेमबारकाे तुलनामा मंगलबार प्रतितोला १५ रूपैयाँले मूल्य बढेकाे हाे ।
सोमबार प्रतितोला १ हजार १ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।