राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद् अधिवेशन आह्वान-Sutra News

राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद् अधिवेशन आह्वान

मंगलबार, ८ माघ २०८१

मंगलबार, ८ माघ २०८१

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदकाे हिउँदे अधिवेशनकाे आह्वान गरेका छन् ।



राष्ट्रपतिले यही माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे ।

संसदको वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । संसदको वर्षे अधिवेशन अन्त्य भएको ४ महिनापछि सरकारले हिउँदे अधिवेशन बोलाएको हो ।

संसदका विपक्षी दलहरुले अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट