काठमाडाैं । महाकुम्भ मेलामा भाइरल बनेकी मोनालिसाकाे यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेकाे छ । लाखौंको भीडमा माला बेच्ने साधारण केटी मोनालिसा आफ्नो सुन्दर आँखाका कारण चर्चामा आएकी थिइन् ।
कसैले मोनालिसाको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको थियो र त्यसपछि भिडियो बनाएर सेयर गरेको थियो, जुन भाइरल भयो ।
भाग्यले यस्तो चाल खेल्यो कि एक चर्चित फिल्म निर्माताले माला बेच्ने युवतीलाई फिल्म अफर गरे ।
चर्चित फिल्म निर्माता सनोज मिश्राले पनि मोनालिसालाई अफर गरेका हुन् । न्युज १८ मा प्रकाशित रिपोर्टका अनुसार उनी पनि उनको सौन्दर्यको मायामा परेका छन् र उनलाई आफ्नो फिल्ममा मुख्य भूमिकाका लागि राेजेका छन् ।
फिल्म निर्माता सनोज मिश्राले आफ्नो नयाँ प्रोजेक्टका लागि मोनालिसालाई लिने बताएका छन् । बताइएअनुसार ‘डायरी अफ मणिपुर’का लागि उनलाई लिन लागिएकाे हाे ।
मोनालिसाले अभिनयमा ‘ए’ नपाए पनि उनलाई अभिनेत्री बन्नको लागि पूर्ण तालिम दिइनेछ । एजेन्सीबाट