काठमाडाैं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आफ्नो निर्देशनअनुसार काम नगरेकाे भन्दै गर्ने प्रभु, हिमालयन र एनआईसी एसिया बैंकलाई सचेत बनाउँदै कारबाही गरेकाे हाे ।
केन्द्रीय बैंकले प्रभु बैंकलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना गर्न भनेकाे छ । साथै, पदावली सकिएका सञ्चालकलाई पदबाट हटाउन भनेकाे छ ।
यस्तै, एनआइसी एसिया बैंकलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी र पुँजीकोष तथा जोखिमभारसम्बन्धी लगायत निर्देशन पालना गर्न निर्देशन गरेकाे छ ।
केन्द्रीय बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।