नेतृत्व सशक्तिकरणः टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को नेतृत्व तालिम काठमाडौंमा सम्पन्न-Sutra News

नेतृत्व सशक्तिकरणः टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को नेतृत्व तालिम काठमाडौंमा सम्पन्न

मंगलबार, ८ माघ २०८१

मंगलबार, ८ माघ २०८१

काठमाडाैं । टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ द्वारा आयोजित मध्य–वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डिएलटिपी) २०८१ काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा २७ र २८ पौषमा सम्पन्न भएको छ। यस तालिममा नेपाल र भारतका डिस्ट्रिक्ट लिडर तथा सदस्यहरूले सहभागिता जनाएका थिए।



कार्यक्रमको उद्देश्य नेतृत्व क्षमता विकास, सहकार्यको महत्त्व र टोस्टमास्टर्सको मिशन—व्यक्तिहरूलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने थियो।

तालिमको सुरुवात डिभिजन डाईरेक्टर मोहन प्रधानको स्वागत मन्तव्यसँग भएको थियो। उनले साझेदारहरूको सहयोग र नवीनता प्राप्त गर्नको महत्त्वमा जोड दिए। प्रमुख सत्रको रूपमा निमिश जोसेफले सहभागीहरूलाई लचिलोपन र नेतृत्वमा वृद्धिको महत्त्वबारे प्रेरित गरे।

कार्यक्रममा रन्जीत आचार्यको सामूहिक सफलता हासिल गर्न टिमलाई सशक्त बनाउने विषयमा अन्तरक्रियात्मक सत्र प्रस्तुत गरिएको थियो भने सन्दीप रतौरी र अनन्त कट्यानीले टोस्टमास्टर्स प्रतियोगिता व्यवस्थापन र यसको महत्त्वपूर्ण भूमिकाबारे कार्यशाला सञ्चालन गरे।

क्लब ग्रोथ डाईरेक्टर श्वेताङ्क शर्मा र प्रोग्राम क्वालिटी डाईरेक्टर गौरव चौधरीले डिस्ट्रिक्ट ४१ ड्यासबोर्डको परिचय गराउँदै क्लबहरूलाई ट्रयाकिङ र लक्ष्य निर्धारणमा मद्दत पुर्याउने रणनीतिहरू प्रस्तुत गरे।

तालिमको अर्को आकर्षण भनेको नेतृत्वका लागि प्रेरणा र विकास सत्र थियो। सन्दीप रतुरीले टिम निर्माणका पाँच चरणहरू र प्रभावकारी संवाद मार्फत चुनौतीलाई अवसरमा परिवर्तन गर्ने बारेमा जानकारी दिए। विनय जैनको सत्रले नेतृत्वकर्ताहरूलाई उद्देश्य प्रेरित सफलता प्राप्त गर्न आह्वान गरेको थियो।

कार्यक्रमको समापन दीप्ती आचार्य र निमिश जोसेफको प्रस्तुत गरेको कार्यान्वयन योग्य योजनासँग भएको थियो, जसमा सदस्यता वृद्धिका उपाय, नयाँ क्लब स्थापना र जिल्ला स्तरीय प्रतियोगितामा सक्रिय सहभागिता बढाउने योजनाहरूलाई केन्द्रित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट