सेयर बजारमा उत्साह : ५२.३६ अंकले सूचक बढ्दा ९ अर्बमाथिको कारोबार-Sutra News

सेयर बजारमा उत्साह : ५२.३६ अंकले सूचक बढ्दा ९ अर्बमाथिको कारोबार

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा उत्साह देखिएको छ । झण्डै साढे दुई महिनापछि नेप्सेमा उच्च अंकको बृद्धिसँगै कारोबार रकममा पनि उत्साहपूर्णरुपमा बृद्धि भएको छ ।



बुधबार ५२.३६ अंकले बढ्दै परिसूचक २६६२.४५ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से २ प्रतिशतले बढ्यो ।

सँगै, कारोबार रकममा उत्साह छायो । १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा नेप्सेमा कारोबार रकम ९ अर्ब २० करोड ३० लाख रुपैयाँमाथिको भयो ।

बुधबार सबैभन्दा बढी अन्यको सूचक ४.२४ प्रतिशतले बढ्दा सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूहको सूचक ०.०८ प्रतिशतले बढ्यो ।

कारोबारमा आएका कम्पनीमध्ये १९६ को मूल्य बढ्दा ३७ को मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कर्पोरेट डेपलपमेन्ट बैंक, डोल्टी पावरको मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ ।

बुधबारको कारोबारले नेप्सेमा उत्साहको वातावरण बन्दै गएको देखाएको छ । सँगै, ठूला लगानीकर्ताहरुको प्रवेशलाई पनि संकेत गरेको छ ।

विशेषगरी सरकारले अध्यादेशमार्फत लगानीसम्बन्धी कतिपय नीतिहरु परिवर्तन गरेसँगै लगानीकर्ता उत्साहित भएको देखिन्छ । विशेषगरी बजारमा कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले पनि प्रभावित बनाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट