प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सबै कार्यक्रम स्थगित-Sutra News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, सबै कार्यक्रम स्थगित

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।



एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।

राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट