ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको पुष्टि भयो : डा. रावल-Sutra News

ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको पुष्टि भयो : डा. रावल

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन् ।



एमालेबाट निष्कासित भएका रावले सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाटै फेरि पुष्टि भएको बताए ।

उनले भनेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतिशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट