काठमाडौं । पछिल्लो समय सहकारी ठगीबाट आम बचतकर्ताहरु पिडित बन्दै गएका छन् । आफूले बचत गरेको रमकसमेत फिर्ता नपाउँदा बचतकर्ताहरु त्यसको मारमा परेका छन् ।
यसैबिच काठमाडौं महानगरपालिकामा ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बुधवार ११८ वटा सहकारीका ६ हजार २ सय ६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन दिएका हुन् ।
बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् ।