रुपन्देहीमा रविको बयान सुरु-Sutra News

रुपन्देहीमा रविको बयान सुरु

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । सुप्रिम सहकारी अपचलनको मुद्दामा रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।



बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान सुरु भएको जानकारी दिए । उनले बयान साँझसम्म चल्ने बताए ।

रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट